शुक्रबार, कार्तिक ७ गते २०८३

काभ्रे जिल्ला बचत संघको २४औं साधारणसभा, अध्यक्षमा नकर्मीं विजयी

पौष १२, २०७८ सोमबार
काभ्रे जिल्ला बचत संघको २४औं साधारणसभा, अध्यक्षमा नकर्मीं विजयी

 

काभ्रेपलाञ्चोक, जिल्ला बचत तथा ऋण सहकारी संघको २४औं बार्षिक साधारणसभाले जितेन्द्र नकर्मीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । त्यसैगरी शिवप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ ।

समितिको पुरुषतर्फको उपाध्यक्षमा सागरनाथ कपाली, महिलातर्फको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा सुरेन्दप्रसाद पौडेल, कोषाध्यक्षमा जीवन श्रेष्ठ,  सहसचिवमा विकास वादे, निर्वाचित भएका छन् ।  त्यसैगरी सदस्यहरुमा सत्यदेवी भट्टराई, विनोद सापकोटा, रुशन श्रेष्ठ, बालकृष्ण दाहाल, ज्ञानु दाहाल, गणेश कुमार तामाङ, रमेशप्रसाद न्यौपाने निर्वाचित भएका हुन् ।  

लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा पुष्पराज कोइराला, दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । संघको सहसचिव र लेखा संयोजक पदमा निर्विरोध चयन भएको थियो भने अन्य पदहरुका लागि निर्वाचन भएको थियो ।

संघका अध्यक्ष रामहरि केसीको अध्यक्षतामा तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतमा सभा सम्पन्न भएको थियो ।