मनास्लु बचत तथा ऋण सहकारी संस्थाले बाल बचतकर्ताहरुलाई कापीकलम वितरण गरेको छ । संस्थाको पाँचौं स्थापना दिवसका अवसरमा बालबालिकालाई कापी कलम वितरण गरिएको हो । ‘आर्थिक समृद्धिमा मनास्लुको साथ’ भन्ने मूल मर्मका साथ २०७३ पौष ६ गते संस्था स्थापना भएको थियो ।
यस अवधिमा संस्थाले सुरक्षित, दीगो र भरपर्दो सेवा तथा कारोबार मार्फत सदस्यहरूको आर्थिक एवं सामाजिक अवस्थामा परिवर्तनकारी भुमिका निर्वाह गर्दै आएको जनाएको छ ।
स्थापना दिवसको अवसरमा विगतमा झैं बाल बचतकर्ताहरुलाई कापि कलम बितरण गरिएको अध्यक्ष
आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरी सामाजिक गतिविधिलाई बढाउँदै सदस्य र समुदायको हितमा निरन्तर लागिरहने प्रतिवद्धता संस्थाले गरेको छ ।
५औं स्थापना दिवससम्म ल्याइपु¥याउन आ–आफ्नो तर्फबाट साथसहयोग, सल्लाह, सुझाव एवं हौसला दिने सम्पुर्ण शेयर सदस्यहरु, संचालक, कर्मचारी, र शुभचिन्तकहरु प्रति संस्थाले आभार प्रकट गरेको छ ।
संस्थाले गत असार मसान्तसम्म ३० लाख १३ हजार शेयरपुँजी, ६ लाख ९४ हजार जगेडा कोष, ७ करोड ४७ लाख बचत संकलन गरी ७ करोड ७३ लाख ऋण लगानी गरी १० करोड ५३ लाखको कुल वासलात पुर्याएको छ ।