सोमबार, मंसिर ७ गते २०८३

एनआरएनएले  जनवरीमा  एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन आयोजना गर्ने


मंसिर ७, २०८३ सोमबार
एनआरएनएले  जनवरीमा  एनआरएन दोस्रो पुस्ता विश्व सम्मेलन आयोजना गर्ने

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिख ९पुस १८ देखि २३, २०८३० सम्म काठमाडौँ र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ।

  भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए अन्तरराष्ट्रिय  समन्वय परिषद् (आईसीसी )का अध्यक्ष डा .हेमराज शर्माले विदेशमा जन्मिएका, हुर्किएका र शिक्षा हासिल गरेका दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा संस्थागत विकाससँग जोड्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बताउनुभयो। ‘कनेक्ट  एक्सप्लोर  सेपभन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले शिक्षा, व्यापार, प्रविधि र अनुसन्धान लगायतका विविध क्षेत्रमा स्थापित युवा पुस्ताको ज्ञान, सीप, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकासमा परिचालन गर्ने लक्ष्य राखेको छ।

“दोस्रो पुस्तामा नेपाली भाषा, संस्कृति, पहिचान र अपनत्वको भावना प्रवर्द्धन गर्दै एनआरएनए अभियानमा उनीहरूको अर्थपूर्ण सहभागितालाई प्रोत्साहन गर्नु सम्मेलनको प्राथमिकता रहनेछ,” अध्यक्ष डा.शर्माले  बताए । सम्मेलनकी संयोजक एवं एनआरएनए आईसीसीकी उपमहासचिव अनुजा प्रधानले विश्वभर छरिएर रहेका दोस्रो पुस्ताका नेपाली युवाहरूबीच सञ्जाल विस्तार गर्न, अनुभव साटासाट गर्न र मातृभूमिप्रतिको भावनात्मक तथा व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन एक साझा मञ्च प्रदान गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको  जानकारी दिइन् ।

सन् २०२७ जनवरी ३ मा आयोजना हुने मुख्य सम्मेलनमा विज्ञ, युवा नेतृत्व र व्यावसायिक व्यक्तित्वहरूको सहभागितामा पाँचवटा मुख्य विषयगत सत्रहरू  संस्कृति र पहिचानः नेपाली भाषा, सम्पदा र पुस्तान्तरणमा केन्द्रित सत्, सीप र ज्ञान हस्तान्तरणस् प्रवासी युवाहरूको ज्ञान र अनुभवलाई नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र परोपकारी क्षेत्रमा जोड्ने उपायबारे छलफल र   नीतिगत तथा कानुनी संरचनाः गैरआवासीय नेपाली नागरिकता, व्यावसायिक अनुमतिपत्र ९लाइसेन्सिङ०, नेपालमा व्यवसाय सञ्चालनका चुनौती र संस्थागत सहभागिताका विषयमा समीक्षा गरिने भएको छ ।
 त्यसैगरी  उद्यमशीलता र लगानीस् सीमापार व्यावसायिक सहकार्य, लगानी र व्यवसाय विस्तारका अवसरहरूको खोजी र  युवा नेतृत्व र संस्थागत सुधारस् दोस्रो पुस्ताको विश्वव्यापी सञ्जाल सुदृढीकरण तथा युवाहरूको अपेक्षाअनुरूप एनआरएनएभित्र आवश्यक नीतिगत एवं विधानगत सुधारबारे विमर्श गरिने जनाएको छ । 

मुख्य सम्मेलनसँगै नेपाल पर्यटन बोर्डसँगको सम्भावित रणनीतिक सहकार्यमा सहभागीहरूलाई नेपालको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र संस्थागत पहिचानको प्रत्यक्ष अनुभव गराउन छ दिने ‘डिस्कभर नेपाल’ कार्यक्रमसमेत तय गरिएको छ ।