शनिबार, आश्विन १७ गते २०८३

भक्तपुर बचत संघले गर्याे विभिन्न उपसमिति गठन 

पौष २, २०७८ शुक्रबार
भक्तपुर बचत संघले गर्याे विभिन्न उपसमिति गठन 


भक्तपुर जिल्ला बचत तथा ऋण सहकरी संघ लि. भक्तपुरको आयोजनामा उपसमिति गठन तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले उपसमिति गठन पूर्णताले भक्तपुर जिल्ला बचत संघले अभियानको काम कार्वाही अगाडी बढाउन सहज हुने विचार व्यक्त गरे ।

सहकारी अभियानलाई सही दिशामा मार्ग निर्देश गर्न जिल्ला संघले महत्वपूर्ण भूमिका खेल्ने विचार राख्नुहुँदै संघले सहकारी ऐन, नियमावलीमा एक व्यक्ति एक सहकारी र निर्देशिकामा भएका सहकारीको मर्म विपरीत आएका बुँदाहरु क वर्गको बैंक, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकमा रहेको रकमलाई मात्र तरलता मान्ने प्रावधान , जग्गा दृष्टीबन्धक गर्दा लिने मालपोत दस्तुर, ऐन विपरीत दर्ता भएका बहुउद्देशीय सहकारी संस्था जस्ता विषयहरुको संशोधनका लागि प्रदेशको सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, नेफस्कूनमा ध्यानाकर्षण गरेको चर्चा गरे । साथै हाल वित्तवजारमा देखा परेको तरलता अभावले आर्थिक संकट आउन सक्ने सम्भावनाकोवारे सचेत पारेका थिए ।

संघको परिकल्पना, ध्येय र उद्देश्य प्राप्तीको लागि संघको विनियम र नीति बमोजिम ११ वटा उपसमिति गठन गरिएको थियो । संघका उपाध्यक्ष हरि बल्लको संयोजकत्व सहकारी समन्वय उपसमिति, सचिव जगनाथ प्रजापतिको संयोजकत्वमा संस्थागत विकास उपसमिति, कोषाध्यक्ष कान्छाभक्त घजुको संयोजकत्वमा वित्तीय सेवा प्रवर्दन उपसमिति  संचालक पंचकृष्ण श्रेष्ठको संयोजकत्वमा सदस्यता उपसमिति, संचालक कृष्णश्वरी प्रजापतिको संयोजकत्वमा महिला सशक्तिकरण उपसमिति, संचालक काजीबहादुर पञ्चको संयोजकत्वमा प्रकाशन उपसमिति, संचालक इन्द्र प्रसाद व्यान्जुको संयोजकत्वमा तालिम व्यवस्थापन उपसमिति गठन गरियो । त्यस्तै गरी संघका सचिव जगनाथप्रजापतिको संयोजकत्वमा भक्तपुर नगर सहकारी समन्वय उपसमितिमा, कोषाध्यक्ष कान्छाभक्त घजुको संयोजकत्वमा मध्यपुर थिमिनगर सहकारी समन्वय उपसमिति, संचालक काजीबहादुर पञ्चको संयोजकत्वमा सूर्यविनायक नगर सहकारी समन्वय उपसमिति, संचालक सन्तोषी खतिवडाको संयोजकत्वमा चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिमा गठन भएको थियो ।

मनोनित भएका उपसमितिका सदस्यहरुलाई टिका र खादा लगाई बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य, उपसमितिहरुको काम कर्तव्य वारे संघका सचिव जगनाथ प्रजापतिले प्रकाश पारेका थिए । कार्यक्रममा नवगठित उपसमितिका सदस्यहरुबाट संघको परिकल्पना, लक्ष्य प्राप्तीमा प्रतिबद्धता पनि जाहेर गरेको थियो । संघका व्यवस्थापक बालकृष्ण धोंजूले संचालन गरेको सो कार्यक्रममा समिति, उपसमितिका पदाधिकारी लगायत कर्मचारी समेत गरी ५१ जनाको उपस्थिति रह्को थियोे ।