मंगलबार, कार्तिक ११ गते २०८३

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १८ अर्ब ९ करोड मौज्दात


कार्तिक १०, २०८३ सोमबार
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १८ अर्ब ९ करोड  मौज्दात

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम बढेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार   कोषका विभिन्न बैंक खातामा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ। 

कार्यालयका अनुसार कोषका नौवटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ। त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।