मंगलबार, कार्तिक ११ गते २०८३

ग्लोबल आइएमई बैंकको ह्याट्रिक, तेस्रोपटक पायो ‘बेष्ट बैंक’ अवार्ड


कार्तिक १०, २०८३ सोमबार
ग्लोबल आइएमई बैंकको ह्याट्रिक, तेस्रोपटक पायो ‘बेष्ट बैंक’ अवार्ड

 

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्स को ‘बेष्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ। योसँगै बैंक लगातार तेस्रो वर्ष उक्त अवार्डबाट सम्मानित भएको हो।

बैंकले सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ विधामा ग्लोबल फाइनान्सको अवार्ड पाएको थियो। थाइल्याण्डको बैंककमा आयोजित समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरे।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच, रणनीतिक साझेदारी, ग्राहककेन्द्रित नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा एआईको प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्यांकनको आधार बनाएको जनाएको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक’ अवार्ड पाउने पहिलो नेपाली बैंक हो। बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्ससहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।