भारतको राजधानी नयाँ दिल्लीमा व्यापक सुरक्षा कडाइ र सामूहिक धरपकड गरिएको छ। ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामक युवा आन्दोलनले मतदाता सूचीमा व्यापक अनियमितता भएको भनेर भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तरमन्तरमा विशाल विरोध प्रदर्शनको आह्वान गरेकोमा त्यसलाई रोक्न हजारौं हजार सुरक्षाकमी तैनाथ गरी दिल्ली ठप्प पारिएको थियो र ब्यापक गिरफ्तारी गरिएको थियो।
बिरोध प्रदर्शन रोक्नका लागि ब्यापक धरपकड गर्दै त्यसमा यूवा आन्दोलनका संस्थापकहरु , बिपक्षी नेताहरु नागरिक समाजका अगुवाहरु लगायत हजारौँलाई हिरासतमा लिएको छ । हिरासतमा सीजेपीका संस्थापक अभिजीत दिपके, विपक्षी नेताहरु दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल, र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी, भारतीय माक्र्सबादी कम्युनिष्ट पार्टीका नेता एमए बेबी र पिनरायी बिजयन लगायत बिभिन्न बामपन्थी नेता कार्यकर्ताहरु पनि छन्।

किल्लाबन्दी र अघोषित कफ्र्यु जस्तो स्थिति सिर्जना गरेर जन प्रदर्शन रोक्न प्रदर्शन स्थल जन्तरमन्तर र वरपरका क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिता (द्यल्क्क्) को धारा १६३ (साविकको धारा १४४) लागू गरी ५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको र शहरका मुख्य सडकहरूमा ब्यारिकेड राखिएको थियो भने कयौँ स्थानमा मेट्रो र रेल सेवाहरू अवरुद्ध पारिएका छन्। दिल्लीमा ३५,००० देखि ४३,००० सम्म सुरक्षाकर्मी परिचालन गरिएको थियो, जसले गर्दा शहर पूर्ण रूपमा लकडाउन वा अघोषित कफ्र्यु जस्तै स्थितिमा देखिएको थियो ।

इन्टरनेट सेवा निलम्बनः प्रदर्शनलाई थप विस्तार हुन नदिन केन्द्रीय दिल्लीका कतिपय क्षेत्रहरूमा मोबाइल इन्टरनेट र दूरसञ्चार सेवाहरू समेत निलम्बन गरिएको थियो भने बिभिन्न ठाउँबाट दिल्ली पुग्ने सबै मेट्रो रेलहरु बन्द गरिएको थियो ।
विवादको मुख्य कारणः निर्वाचन आयोगले मतदाता सूची पुनरीक्षणका क्रममा करिब १३ करोड (१३० मिलियन) मतदाताको नाम हटाएको विषय बाहिरिएपछि यो आन्दोलन चर्किएको हो। विपक्षीहरूले सरकारले मुस्लिम र आफ्ना समर्थक मतदाताहरूलाई नियोजित रूपमा हटाएको आरोप लगाएका छन् भने सत्तारूढ बीजेपी र निर्वाचन आयोगले भने ती आरोपहरूको खण्डन गर्दै आएछन्।
समाचार अनुसार गिरफ्तार नेताहरु मध्ये कतिपयलाई हिजै साँझमा रिहा गरिएको बताइएको छ । तर सीजेपीले आज पनि बिरोध प्रदर्शन जारी राख्ने बताएको छ ।
नेपालपत्र संवाददाता