आइतबार, आश्विन २५ गते २०८३

एकीकृत फ्रेण्डसिप साकोसको निर्णय प्रमाणीकरण सभा सम्पन्न


आश्विन २४, २०८३ शनिबार
एकीकृत फ्रेण्डसिप साकोसको निर्णय प्रमाणीकरण सभा सम्पन्न

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था जिरीको बाह्रौं बार्षिक साधारण सभा तीन वटा एकाईमा गरी सम्पन्न भएको छ । संस्थाले एकाई १  अन्तर्गत काठमाडौं सेवा केन्द्र क्षेत्रमा, एकाई २ अन्तर्गत रामेछाप जिल्ला क्षेत्र भित्र सञ्चालनमा रहेका सेवा केन्द्र कर्यालय प्राङगणमा र एकाई ३ अन्तर्गत दोलखा जिल्ला भित्र रहेको मुख्य कार्यालय सहित सवै सेवा कार्यालयहरुको प्राङगणमा सभा सम्पन्न गरेको हो ।

 एकाई सभाहरु सम्पन्न गर्दै उक्त सेवा केन्द्रहरुबाट प्रतिनिधित्व गर्ने  प्रतिनिधिहरु सहितको उपस्थितिमा आज अन्तिम निर्णय प्रमाणित सभा सम्पन्न गरेको छ । सभामा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, निर्वाचन समिति, प्रतिनिधि सदस्यहरु उच्च ब्यवस्थापन र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । सभाको अध्यक्षता संस्थाका अध्यक्ष भुमिराज खड्काले गरेका थिए  भने संस्थाका सचिब केशवकुमार कार्कीले स्वागत मन्तब्य राखेका थिए । संस्थाले कुल सदस्यको ८ हजार ९८६ सहित ५३.६३ प्रतिशतको उपस्थितिमा सभा सम्पन्न गरेको हो ।  

बार्षिक साधारण सभाकै अवसरमा संस्थाका शेयर सदस्य र बाल बचत कर्ता मध्ये एसईई र कक्षा १२ मा ए र ए प्लस ल्याउने ५५ जना विद्यार्थीहरुलाई नगद तीन हजार सहित सम्मानित गरेको थियो । कार्यक्रममा निर्वाचन उप समितिले नव निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको शपथ ग्रहण र प्रमाण–पत्र हस्तान्तरण समेत सम्पन्न गरेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार मध्येबाट ईन्द्र बहादुर खड्काले नव निर्वाचित समितिलाई शुभकामना सहितको मन्तब्य राखेका थिए ।

साधारण सभामा प्रस्ताव गरिएका प्रस्तावहरुको निर्णय प्रस्तुतिसहित औपचारिक कार्यक्रमको सहजीकरण संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले गर्नु भएको थियो भने नवनिर्वाचित समितिको तर्फबाट प्रतिवद्धता सहित कार्यक्रमको समापन संस्थाका नव निर्वाचित अध्यक्ष टपिन्द्र खड्काले गरेका थिए ।

842257370_2210384486522234_5789315080389264531_n.jpg