आइतबार, आश्विन २५ गते २०८३

टल्कु साकोसको २४ औं वार्षिक साधारण सभा, जेष्ठ सदस्यलाई सम्मान


आश्विन २४, २०८३ शनिबार
टल्कु साकोसको २४ औं वार्षिक साधारण सभा, जेष्ठ सदस्यलाई सम्मान

टल्कु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पूर्ण बहादुर बलामीको अध्यक्षता र दक्षिणकाली नगरपालिकाको प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यता तथा उप प्रमुख बसन्ती डंगोल तामाङको विशेष आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । दक्षिणकाली नगरपालिका वडा नं. ९, दाउरेचौर स्थित श्री सेतीदेवी माध्यमिक विध्यालयको प्राङ्गणमा सञ्चालित कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष राजन पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।  

प्रमुख अतिथि बस्नेतले सभाको उद्घाटन गर्दै  हाल सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानप्रति नगरपालिका समेत सचेत रहेको बताए । सहकारीमा सुशासन कायम गर्नका लागि टल्कु साकोसले चालेका कदमहरु सकरात्मक रहेको उनको भनाई छ । कार्यक्रममा आ.व.२०८२\०८३ मा शेयर, बचत, ऋण तथा मोबाईल बैंकिङ एप मार्फत उत्कृष्ट कारोबार गर्ने ३९ जना सदस्यहरुलाई सम्मान गरिएको थियो भने संस्था अन्तर्गत सञ्चालन भईरहेको २ वटा लघुवित्त समूहहरुलाई समेत सम्मान गरिएको थियो ।  ७० वर्ष पुरा भएका १० जना सदस्यहरु सम्मानित हुँदै एकआपसमा खुशी साटासट गरेका थिए ।   

843374594_1075362478646825_7683594775945844391_n.jpg

१६ वटा प्रस्तावहरु माथि छलफल तथा निर्णय भएका यस सभामा संस्थाका अध्यक्षले समग्र प्रगति विवरण, सचिव   कृष्ण कुमार तामाङ तथा कोषाध्यक्ष  सोम बहादुर बलामीले गत आ.व. को कार्यक्रम तथा बजेटको समिक्षा, आ.व.   २०८३०\८४ को योजना तथा रणनीतिक योजनाको महत्वपूर्ण मुख्य विषयवस्तुहरु प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समिति संयोजक  जीवन तामाङले संस्थाको आन्तरिक लेखापरीक्षण प्रतिवेदन सहित संस्थाको विकास र सुशासन युक्त सञ्चालनको लागि सुझाव पेश गरेका थिए । २०८३ असार मसान्त सम्ममा कुल वित्तीय स्थिति विवरण करिब  ४५ करोडको हाराहारीमा कुल सम्पत्ति  पुगेको जानकारी सभामा दिइयो । सह–सचिव  रोशनी बलामीद्धारा सञ्चालित यस कार्यक्रमको अन्त्यमा संस्थाको अध्यक्ष  पूर्ण बहादुर बलामीले   सभामा उपस्थित सदस्यहरुलाई ध्यानवाद ज्ञापन गरे । 

843845455_1075362308646842_6837887076425167162_n.jpg