आइतबार, आश्विन २५ गते २०८३

एकीकृत फ्रेण्डसिप साकोसको अध्यक्षमा टपिन्द्र खड्का


आश्विन २४, २०८३ शनिबार
एकीकृत फ्रेण्डसिप साकोसको अध्यक्षमा टपिन्द्र खड्का


दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको १२ औ बार्षिक साधारण सभाले टपिन्द्र खड्काको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा केशवकुमार कार्की र सचिवमा  देवबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी संस्थाको सञ्चालकहरुमा ठाकुर प्रसाद घिमिरे, सिताराम कार्की,राजु थापा मगर,दातेम्बा शेर्पा र शंकर कुमार कार्की निर्वाचित भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा प्रेमबहादुर खत्री र सदस्यहरुमा चक्रबहादुर  जिरेल र अप्सरा जिरेल निर्वाचित भएको निर्वाचन उप समितिले जनाएको छ । सञ्चालक समितिको कार्यकाल ४ बर्षको हुनेछ ।