लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को नवनिर्वाचित अध्यक्षलाई निवर्तमान अध्यक्षबाट पद हस्तान्तर तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रनेश बाटीले सहकारी संस्थाहरुले सहकारीको मर्म विपरित कार्य गर्न नहुने कुरालाई जोडदिँदै एक जनाको हितको लागि होइन समस्त समुदायको हितको लागि सहकारी संचालित हुनुपर्ने बताए । सहकारी संस्था एक साझा थलो भएकाले व्यक्तिगत स्वार्थ त्यागेर समूहिक विकासमा अगाडी बढ्नुपर्ने बताए । संस्थाबाट आथिक कारोबार मात्र नभई स्थापनकाल देखि नै सदस्यहरुलाई सक्षम बनाउन विभिन्न सिपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रमहरु संचालन गर्दै आएको जनाए ।
संस्थाका संस्थापक सदस्य एवं निर्वाचन संयोजक रविन्द्र खर्वुजाले मानिसहरुमा मानसिक तनाबका कारण उत्पन्न हुन सक्ने रोगहरु र त्यसबाट पर्नसक्ने प्रभावहरुको बारेमा जानकारी दिँदै नवनिर्वाचित अध्यक्ष लगाएत सम्पूर्ण संचालक समितिले त्यस विषयमा सजग हुनुपर्नेमा जोड दिए ।
संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले संस्था स्थापना कालमा गरेको मेहेनत लगलबाट आज सम्मको अवस्थामा आउदा खुसी व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाइ दिए । निवर्तमान अध्यक्ष राजन जतिले सहकारीले गर्नुपर्ने कार्यहरुको स्मरण गर्दै एकलौति निर्णय होइन बहुमतको सल्लाह सुझाब र निर्णयहरुबाट सहकारी संचालन गर्नुपर्ने बताए । उक्त कार्यक्रममा पूर्व अध्यक्ष रामसुन्दर सुजखुले पनि नवनिर्वाचित समितिलाई बधाइ दिनुभएको थियो भने संस्थाका लेखापाल शर्मिला मानन्धरले बताए ।
नेपालपत्र संवाददाता