आइतबार, आश्विन २५ गते २०८३

आईडियल सहकारीको २७औं वार्षिक साधारण सभा , सदस्यलाई सम्मान


आश्विन २४, २०८३ शनिबार
आईडियल सहकारीको २७औं वार्षिक साधारण सभा , सदस्यलाई सम्मान


राजविराज, आईडियल बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा सम्पन्न सभामा आशले संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष आशले प्रस्तुत गरेका प्रतिवेदन अनुसार ४२ जनाले बिऊ पुँजीका्े रुपमा १ हजारको दरले ४२ हजार रुपैयाँबाट सुरु गरिएको संस्थामा अहिले १८ हजार भन्दा वढी शेयर सदस्य आवद्ध रहेका छन् । 

उनका अनुसार संस्थामा १८ हजार ५६२ जना शेयर सदस्य, हरुले चुक्ता शेयर पुँजी १२ करोड ५६ लाख ५१ हजार ६०० रुपैंयाँ र जगेडा कोष १४ करोड २६ लाख ७५ हजार ८७७ रुपैंयाँ रहेको छ। त्यसैगरी उनले कूल बचत १ अर्ब १९ करोड ६० लाख ४७ हजार ८४१ रुपैंयाँ तथा कुल ऋण लगानी ७५ करोड ४ लाख ८६ हजार २२३ रुपैंयाँ र कुल सम्पत्ति १ अर्ब ४८ करोड १३ लाख १४ हजार १७७ रहेको सभामा जानकारी दिएका छन्।

अध्यक्ष आशले प्रस्तुत प्रतिवेदन अनुसार आधुनिक प्रविधिको एकीकृत सेवा कार्यक्रम र नवीनतम आधुनिक प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित एकीकृत साक्षरता कार्यक्रम, सदस्यको उद्यमशीलता विकास, निजी क्षेत्र र सरकारी निकायसँगको सहकार्य, उद्यमशीलता विकास, युवा र महिला केन्द्रित कार्यक्रम, प्रविधि र क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ। संस्थाको समग्र विकासको लागि नीति, विधि र प्रविधिमा विशेष जोड दिइने ,“डिजिटल वित्तीय सहकारी संस्थाको रुपमा स्थापित गर्ने” अभियानको रुपमा अगाडि बढाइनेउनले  बताए ।

सभामा संस्थाका सचिव प्रतिवेदन उपाध्यक्ष विधान्द झाका अनुसार  गत आर्थिक वर्ष २०८२ \ ०८३ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८३ \ ०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रमहरु, कोषाध्यक्ष मञ्जुदेवी शाहले आ.व. २०८२ ÷ ०८३ को वित्तीय प्रगति विवरणको समिक्षा तथा आर्थिक वर्ष २०८३ ÷ ०८४ का लागि प्रस्तावित र आ।व। २०८४ ÷ ०८५को लागि अनुमानित वित्तीय लक्ष्य तथा बजेट प्रस्तुत गरेकी थिइन । त्यसैगरी लेखा समितिका संयोजक दिनेशकुमार साहकसेराले लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष २०८२ ÷ ०८३ को वार्षिक प्रतिवेदन, टिप्पणी र सुझाव पेश गरेका थिए ।

संस्थाका केन्द्रिय कार्यालय राजविराज, हनुमाननगर र पातो एकाईगत सधारण सभा सम्पन्न भएको थियो । राजविराज स्थित जिल्ला समन्वय समिति सभाहलमा आयोजित सधारण सभामा जेष्ठ नागरिकलाई लठी, वालवालिकालाई शैक्षिक सामग्री  र कर्मचारीलाई सम्मानपत्र प्रदान गरेको संस्थाका व्यवस्थापक विनोद रजकले जानकारी दिएका थिए ।  

844296358_1988343671826235_1300929802928185716_n.jpg