शनिबार, आश्विन १७ गते २०८३

जिल्ला सहकारी संघ काभ्रेद्धारा सिइओ रायमाझी पुरस्कृत


आश्विन १७, २०८३ शनिबार
जिल्ला सहकारी संघ काभ्रेद्धारा सिइओ रायमाझी पुरस्कृत

  लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी पुरस्कृत भएका छन् ।  जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोकले ४५ औ साधारण सभाको अवसरमा उनलाई पुरस्कृत गरेको हो । सिईओ रायमाझीलाई सघले जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारी पुरस्कार–२०८३ बाट  पुरस्कृत गरेको छ।

सिईओ रायमाझीले सहकारी क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो । युवा सहकारीकर्मीको रुपमा परिचित रायमाझीले जिल्लाको सहकारी अभियानमा छुट्टै पहिभान बनाउन सफल भएका छन् ।  निरन्तरको  मिहेनत, लगनशीलता, इमानदारिता, जिम्मेवारीप्रतिको समर्पण र कार्यक्षेत्रमा देखाउँदै आएको  उत्कृष्ट योगदानको सम्मान स्वरूप उनलाई सम्मान गरिएको संघले जनाएको छ ।

सहकारी मार्फत् सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा उनले सिईओ रुपमा कार्य गरी सक्रिय भूमिका  खेल्दै आएका छन् । संघले हरेक बर्ष साधारण सभाको अवसरमा उक्त सम्मान प्रदान गर्दै आएको छ ।