पालन पोषण बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक तथा कर्मचारीका लागि एक दिने अभिमुखिकरीकरण कार्यक्रम आयोजना गरेको छ । संस्थाको आयोजना तथा मधेश प्रदेश,भूमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयको प्राविधिक सहयोगमा अभिमुखिकीकरण कार्यक्रम आयोजना गरेको हो ।
महागढीमाई नगरपालिका अन्तर्गतका सहकारीहरूलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रमको सभापित संस्थाका अध्यक्ष नन्दकिसोर प्रसाद कुशवाहा र प्रमुख अतिथि रजिष्टार रूपेश कुमार साह रहेका थिए । कार्यक्रम संचालन संस्थापक व्यवस्थापक रंजित कुमार कुशवाहाले सञ्चानल गरेका थिए ।
सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरुलाई सहकारी क्षेत्रका आधारभूत तथा ऐन नियमका वारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । अभिमुखिकीकरण कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको सहभागीहरुले प्रतिक्रिया दिए ।

नेपालपत्र संवाददाता