शनिबार, आश्विन १७ गते २०८३

विन्धबासीविन्धबासिनी साकोसको ३३औं साधारणसभा भोलिबाट, पायक पर्ने स्थानमा उपस्थिति जनाउन आग्रह


आश्विन १५, २०८३ बिहीबार
विन्धबासीविन्धबासिनी साकोसको ३३औं साधारणसभा भोलिबाट, पायक पर्ने स्थानमा उपस्थिति जनाउन आग्रह

विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाको ३३औं साधारण सभा अशोज १६ गतेबाट सुचारु हुने भएको छ । संस्थाले यसअघि साधारण सभा मिति तय गरेको भएपनि प्रतिकूल मौसमका कारण सभा स्थगन गरेको थियो । मौसममा आएको सूधारसँगै संस्थाले साधारणसभा सम्बन्धी सूचना जारी गर्दै भोलिबाट क्षेत्रगत रुपमा सभा सम्पन्न गर्ने जनाएको छ । संस्थाले पायक पर्ने स्थानमा उपस्थिति भइ ईकाइ भेला उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न सदस्यहरुलाई आग्रह गरेको छ । गत अशोज १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको संस्थाले जनाएको छ । 


bindha agm new.jpeg