शनिबार, आश्विन १७ गते २०८३

बाढी प्रभावितको उद्धार तथा पुन:स्थापनामा सहकारीले गरे ४ करोड योगदान


आश्विन १४, २०८३ बुधबार
बाढी प्रभावितको उद्धार तथा पुन:स्थापनामा सहकारीले गरे ४ करोड योगदान


मुलुकमा रहेका सहकारी संघ संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार तथा पुन: स्थापनाको लागि ४ करोड भन्दा बढी रकम सहयोग गरेका छन् । मुलुकभर रहेका सयौं सहकारी संस्थाले बाढी प्रभावितहरुको उद्धार तथा पुन:स्थापनाको लागि आर्थिक सहयोग गरेका हुन् । राष्ट्रिय सहकारी महासंघको अनुसार सहकारी संघ संस्थाल हालसम्म प्रधानमन्त्री दैवी उद्धार राहत कोषको उक्त रकम जम्मा भएको हो ।

राष्ट्रिय सहकारी महासंघका  कार्यवहाक अध्यक्ष रमेश प्रसाद पोखरेलले मुलुकभरका सयौं सहकारी संस्थाले उक्त कोषमा रकम जम्मा गरेको बताए । उनले महासंघको आव्हानमा मुलुकभरका सहकारीहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको र त्यो संख्या अझै बढ्ने उनको भनाई छ । मुलुकमा विपद् आइपर्दा सहकारी संघ संस्थाहरुले पनि सहयोग गर्छन भन्ने सन्देश समेत यो पटक सहकारीहरुले  दिन सकेको उनको भनाई छ ।सरकारले गरेको आव्हानमा सहकारी क्षेत्रले पनि  ऐक्यवद्धता जनाउनु सकरात्मक पक्ष भएको उनको भनाई छ ।

प्रधानमन्त्री उद्धार कोषमा रकम जम्मा गर्ने सहकारी संघ संस्थाको लिष्ट तयारी गरी सरकारलाई हस्तन्तरण गर्ने समेत उनले जानकारी दिए । सहकारीको सिद्धान्त अनुसार ‘एक लागि सबै र सबैका लागि एक’ भन्ने भावनालाई आत्ससात गर्दै संस्थाहरु आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेका छन् । बामती प्रोस्कूनमा आवद्ध सहकारीहरुले मात्र भोटेकोशी बाढीहरुबाट प्रभावितहरुको लागि १ करोड ३ लाख २९ हजार प्रधानमन्त्र उद्धार कोषमा रकम जम्मा गरेका छन् । संघमा आवद्ध संस्थाहरुले सो मात्रामा रकम जम्मा गरेको प्रोस्कूनले जनाएको छ ।