शुक्रबार, कार्तिक ७ गते २०८३

बाढी प्रभावितलाई सजिलो साकोसको सहयोग


आश्विन १४, २०८३ बुधबार
बाढी प्रभावितलाई सजिलो साकोसको सहयोग


 सजिलो  बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा रकम सहयोग गरेको छ । संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार तथा पुनस्स्थापनामा सहयोग पुर्‍याउने उदेश्यका साथ आर्थिक सहयोग गरेको हो ।

संस्थाले उक्त कोषमा २१ हजार  ५८० रुपैयाँ सहयोग गरेको जनाएको छ । दु:खको यो घडीमा थोरै भए पनि सहयोग  पुगोस् भन्ने उदेश्यले पीडितको राहत तथा पुन: स्थापनाको लागि सहयोग गरेको संस्थाले जनाएको छ । 


 संस्थाले प्राकृतिक प्रकोपमा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैमा एक्यवद्धता जनाएको छ । सहकारीको सिद्धान्त अनुसार‘ एक लागि सबै र सबैको लागि एक’ भन्ने भावना अनुसार यस्ता आपत विपद्मा पर्दा संस्थाले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ । संस्था सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालित उक्त संस्थाले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा समेत योगदान गर्दै आएको छ ।