बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोपमा रकम सहयोग गरेको छ । संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्याउने उदेश्यका साथ आर्थिक सहयोग गरेको हो । संस्थाले उक्त कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको जनाएको छ ।
संचालक समितिको वैठकको निर्णयबाट संस्थाको सामुदायिक कार्य अनुसार उक्त कोषमा रकम योगदान गरेको हो । संस्थाले प्राकृतिक प्रकोपमा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैमा एक्यवद्धता जनाएको छ । सहकारीको सिद्धान्त अनुसार‘ एक लागि सबै र सबैको लागि एक’ भन्ने भावना अनुसार यस्ता आपत विपद्मा पर्दा संस्थाले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
संस्थामा आवद्ध सदस्यहरुलाई समेत विषम परिस्थितिमा आफुले सकेको योगदान गर्न आग्रह गरेको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालित उक्त संस्थाले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा समेत योगदान गर्दै आएको छ ।
नेपालपत्र संवाददाता