शुक्रबार, कार्तिक ७ गते २०८३

स्वावलम्बी साकोसको समीक्षा वैठक,प्रस्तावित लक्ष्यको नजिक उपलब्धी


आश्विन ६, २०८३ मंगलबार
स्वावलम्बी साकोसको समीक्षा वैठक,प्रस्तावित लक्ष्यको नजिक उपलब्धी


सुर्खेतमा रहेको स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाले वार्षिक समीक्षा वैठक सम्पन्न गरेको छ । संस्थाले आर्थिक बर्ष २०८२/८३ को समीक्षा वैठक सम्पन्न गरेको हो ।

वैठकमा गत बर्षको प्रस्तावित आम्दानीको लक्ष्यमा ८३ प्रतिशत उ ,प्रस्तावित खर्चको लक्ष्यमा ९३ प्रतिशत  र प्रस्तावित नाफामा ६०.६८ प्रतिशत उपलब्धी भएको जानकारी दिइयो । संस्थाले बचतमा १०८ प्रतिशत, कर्जामा ९३ प्रतिशत र वासलातमा १०४ प्रतिशत उपलब्धी भएको  जनाएको छ ।

आगामी दिनमा अझ बढी सदस्यमैत्री,सुशासनयुक्त  र बदलिदो परिवेशमा कानुनको पालना गर्दै प्रविधिमैत्री सेवा दिने संस्थाको योजना छ । समीक्षा कार्यक्रममा सञ्चालक समिति सल्लाहकार तथा कर्मचारीको उपस्थिति रहेको थियो । संस्थाको चालु आर्थिक बर्षको साउन मसान्तसम्म शेयर पुँजी १ करोड ८५ लाख,जगेडा कोष १ करोड ५० लाख, बचत १४ करोड २८ लाख र ऋण लगानी ११ करोड ६८ लाख गरी कुल सम्पत्ति १८ करोड ६७ लाख पुगेको छ ।