भरतपुर–२ चितवनमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण विस्थापितहरुको उद्धार तथा पुन:स्थापनाको लागि सहयोग गर्ने उदेश्यले उक्त कोषमा रकम योगदान गरेको हो ।
उक्त कोषमा संस्थाको तर्फबाट ५१ हजार १०५ सञ्चालक समिति र लेखा समितिबाट एक महिनाको वैठक भत्ता बापत १४ हजार र कर्मचारीको एक दिनको तलब ६ हजार १८७ गरी जम्मा ७१ हजार ३०२ रुपैया प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको संस्थाले जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दु:ख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।
दु:खद घडीमा बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । प्रभावित सम्पूर्ण परिवारप्रति संस्थाले ऐक्यबद्धता प्रकट गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ।
नेपालपत्र संवाददाता