श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब २३ करोड ५३ लाख माथि पुगेको छ । संस्थाले प्रकाशित गरेको आर्थिक बर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन अनुसार कुल सम्पत्ति सो मात्रामा पुगेको हो । सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष इन्द्र प्रसाद हुमागाईले ग्रामीण क्षेत्रका निम्न वर्गिय समुदायका १० हजार ३९९ जना सदस्यहरुलाई आवद्ध गराई सेवा प्रदान गर्दै आएको बताए ।
उनले बचतलाई उत्पादनशीत र आय आर्जनको क्षेत्रमा लगानी गर्दै आएको समेत जनाए । संस्थाले सदस्यहरुको आर्र्थिक विकास र समृद्धिमा टेवा पुर्याउने उदेश्यले ऋण परियोजनाको आधारमा लगानी गर्दै आएको उनको भनाई छ । संस्थाले भविष्यमा हुनसक्ने वित्तीय जोखिमलाई न्युनिकरण गर्न र बचत तथा ऋण कारोबारलाई पूर्ण रुपमा सुरक्षित राख्न धितोमा मात्र ऋण लागनी गर्ने नीति अवलम्बन गरेको अध्यक्ष हुमगाइले सभामा जानकारी दिए । बचतको ९० प्रतिशतको आधारमा मात्र ऋण लागनी गरिएको र विना धितो ऋण लगानी पूर्ण रुपमा बन्द गरिएको भन्दै उनले सदस्यको बचतको सुरक्षालाई संस्थाले प्राथमिकतामा राखेको जानकारी दिए ।

संस्थाका सचिव अंकुरप्रसाद सापकोटाले आर्थिक बर्ष २०८२/८३ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले कार्यक्षेत्रभित्रका सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको बताए । सचिव सापकोटाले विनियम संशोधन तथा नीति नियम व्यवस्थापन लगायतका प्रस्ताव सभामा लगेका थिए भने सभाले सो प्रस्तावलाई वहुमतले पारित गरेको थियो ।
सभामा कोषाध्यक्ष हरिनारायण श्रेष्ठले आर्थिक बर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १० करोड ४८ लाख १५ हजार, बचत संकलन ९९ करोड ४५ लाख ६४ हजार, ऋण लगानी ८८ करोड ९९ लाख ४९ हजार ,जगेडा कोष ७ करोड ९४ लाख ५३ हजार र अन्य कोषमा १ करोड ८५ लाख १३ हजार पुगेको बताए । संस्थाले खरखाँचो,कृषि,व्यापार, पशुपालन,कृषि, घर निमार्ण, जग्गा खरिद, उद्योग, वैदेशिक रोजगार र अन्य क्षेत्रमा ऋण लगानी गर्दै आएको उनले सभामा जानकारी दिए । सभामा एस.इ.इ .सम्मान जेष्ठ सदस्य, असल ऋणी, असल बचतकर्ता,अधिक शेयर खरिद, साधारण बचत, उत्कृष्ट कर्मचारी लगायत विभिन्न विधामा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष हुमागाईको सभापतित्वमा सम्पन्न उक्त सभामा नेफ्स्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो । सभामा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।

नेपालपत्र संवाददाता