अन्तराष्ट्रिय बाल दिवसको अवसरमा पानस बचत तथा ऋण सहकारी संस्थाले चित्रकला प्रतियोगिता आयोजना गरेको छ । संस्थाले आफ्ना बाल सदस्यहरूको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ गत शनिवार शिक्षासदन माध्यमिक विद्यालयमा .बनेपामा चित्रकला प्रतियोगिताको आयोजना गरेको हो ।
संस्थाको शिक्षा तथा सामाजिक क्रियाकलाप उप समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा संस्थाका २९ जना बाल सदस्यहरूको सहभागिता रहेको थियो । सहभागी बालसदस्यहरूलाई तीन समुहमा विभाजन गरि गरिएको प्रतियोगितामा प्रत्येक समुहबाट पहिलो , दोस्रो र तेस्रो हुने उत्कृष्ट चित्रकलाको छनौट गरिएको थियो ।
कार्यक्रमको शुरूवातमा चित्रकार एवं कार्यक्रमका जज सुजित बादेले सहभागी बालबालिकाहरूलाई चित्रकला सम्बन्धि सैद्धान्तिक ज्ञान दिइ सहजीकरण गरेका थिए । कार्यक्रमका संयोजक हरियोपाल वैद्यले कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी र प्रत्येक समुहबाट उत्कृष्ट हुने बालसदस्यहरूलाई संस्थाको १८ ओैं वार्षिक साधारण सभामा सहभागिहरूलाई प्रमाण पत्र र उत्कृष्टहरूलाई पुरस्कार सहित सम्मान गरिने जानकारी प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले बताए ।
नेपालपत्र संवाददाता