शुक्रबार, कार्तिक ७ गते २०८३

सहयात्री साकोसको २१ औं साधारण सभा,संस्थागत पुँजीकोष अनुपात १६ प्रतिशत नजिक


भाद्र २८, २०८३ आइतबार
सहयात्री साकोसको २१ औं साधारण सभा,संस्थागत पुँजीकोष अनुपात १६ प्रतिशत नजिक


सहयात्री बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीकोष अनुपात १६ प्रतिशतको हारहारीमा रहेको छ । संस्थाको २१ औ साधारण सभाको अवसरमा अध्यक्ष खेम राज सुवेदीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थागत पुँजीकोष अनुपात १६ प्रतिशत रहेको हो ।

 संस्थाका अध्यक्ष सुवेदीले आर्थिक बर्ष २०८२/८३ को सभामा प्रस्तुत  वार्षिक प्रतिवेदनले कुल बचतमा नियमित बचतको हिंसा ७२ प्रतिशत रहेको देखाएको छ । त्यसैगरी कुल बचतमा आवधिक बचतको हिंसा ९.३४ प्रतिशत र नकमाउने सम्पत्ति ५ प्रतिशत भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको यी सुंचकहरुले सदस्यको बचत सुरक्षित रहेको र संस्थामा जोखिम कम रहेको देखाएको  उनको भनाई छ । संस्थाले खराव ऋणको लागि ऋण नोक्सानी व्यवस्था गर्दै लगेको र वित्तीय सुरक्षालाई विशेष ध्यान दिएको अध्यक्ष सुवेदीले सभामा जनाए । 

२०६३ सालमा २६ जना सदस्य र २६ हजार शेयर पुँजीबाट सुरु भएको संस्था आजको अवस्थामा आइपुग्नुमा सदस्यको योगदान र विश्वास नै मुख्य रहेको उनले सभामा बताए । सहकारी मुल्य, मान्यता, सिद्धान्त,कार्यशैली र निर्दिष्ट लक्ष्य लिएर अगाडि बढेकाले नै संस्थाले यो उचाई लिन सकको अध्यक्ष सुवेदीको भनाई छ । संस्थाले सदस्यको स्वास्थ्य उपचारमा आर्थिक सहयोग,सदस्य सम्मान तथा मातृशिशु भेटघाट कार्यक्रम सञ्चालन गरी उनीहरुलाई हौसला प्रदान गर्दै आएको छ । संस्थाको उदेश्य ऋण लगानी र असुली गर्नु भन्दा पनि सदस्यहहरुमा स्वरोजगार र उद्यमशीलताको विकास गरी जीवनस्तरमा परिवर्तन ल्याउनु रहेको उनले उल्लेख गरे । संस्था दिगो विकासको लक्ष्य २०३० पुरा गर्ने बाटोमा अघि बढेको र संस्थामा आवद्ध सदस्यहरुको दिगो विकास लक्ष्यका उदेश्यहरु पुरा हुनेगरी काम गर्ने उनले सभामा जानकारी गराए ।

संस्थामा आवद्ध ४ हजार ४१७ सदस्य मध्ये ४ हजार ६५ महिला सदस्य रहेका छन । संस्थाको आर्थिक बर्ष २०८२/८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ४ करोड ४५ लाख, बचत ३२ करोड २१ लाख, ऋण लगानी ३२ करोड २४ लाख गरी कुल वासलात ४० करोड ७८ लाख पुगेको छ । संस्थाले यस आर्थिक बर्षमा ९ वटा रणनीतिक क्षेत्रलाई प्राथमिकतामा राखेको र बचतको सुरक्षा,सुरक्षित तथा उत्पादनशील ऋण लगानी,खराव ऋण  नियन्त्रण र असुलीमा सुधार,संस्थागत सुशासन तथा नियामकिय अनुपालना र  कर्मचारीको दक्षतामा वृद्धि जस्ता मुख्य रहेका छन् । संस्थाले अघि सारेको ३ बर्षे रणनीतिक योजनामा संस्था / सेवाको सुदृढीकण र जोखिम नियन्त्रण,डिजिटल विस्तार र व्यवसायिक वृद्धि तथा उत्कृष्टता, दिगोपन र संस्थागत नेतृत्व रहेको छ । 

802943875_4581150525450568_5708069809492164978_n.jpg

 वित्तीय कारोबार गर्ने सहकारी संस्थामा केही गलत अभ्यास,असावधानी र कतिपय संस्थामा  भएको वित्तीय अपचलनले समग्र सहकारी अभियानमा नै प्रश्न उठेको उनको भनाई छ । राज्य, अभियान र सम्बद्ध पक्षको सामुहिक प्रयासबाट यसको शुद्धिकरण गरी सहकारी अभियानलाई मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्नु आजको चुनौती रहेको सभामा उनले जनाए ।  त्यसैगरी सहकारी क्षेत्रमा पनि व्यवसायिक क्षेत्रमा देखा परेको अविश्वास,आर्थिक समस्या र चुनौती जस्ता प्रभावका कारण  संघ संस्थामा खराव ऋणको प्रतिशत वृद्धि हुँदै जानु मुख्य चुनौतीको विषय भएको उनले बताए । आर्थिक मन्दी र  वित्तीय कारोबारमा आएको संकुचनका कारण सदस्यहरुले ऋणको साँवा ब्याज भुक्तानीमा आलटाल गर्नु र केही समुहले आफ्नो फाइदाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्देन भन्ने जस्ता गलत प्रचार गरी वित्तीय लाभ लिन खोज्दा त्यसको असर ऋण असुलीमा परेको उनले सुनाए । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक विपिन कार्कीले समितिको प्रतविेदन प्रस्तुत गरेका थिए । संस्थाले यस बर्ष आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई सेवा प्रदान गर्ने समेत जनाएको छ ।