एशियाली ऋण महासंघ (अकू) को मलेसियाको क्वालालम्पुरमा सम्पन्न ४५औँ साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । अकूले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।
साधारण सभाले दक्षिण कोरियाका यङ–चुल कोचलाई अकूको अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै, थाइल्यान्डका दानुक्रित कटाम्पाकोम प्रथम उपाध्यक्ष र नेपालबाट नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल द्वितीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको सचिवमा फिलिपिन्सका रे डी. लाबासानो र कोषाध्यक्षमा ताइवानका लियो चुन फोङ निर्वाचित भएका छन् । त्यसैगरी, इन्डोनेसियाका डा. वारे साबोर डोमिनिकस प्रथम वैकल्पिक सञ्चालक र श्रीलंकाका एल. बी. देसनायके द्वितीय वैकल्पिक सञ्चालकमा निर्वाचित भएका छन् ।
नेपालपत्र संवाददाता