शुक्रबार, कार्तिक ७ गते २०८३

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ लाख १ हजार योगदान


भाद्र २८, २०८३ आइतबार
चतरा  सामुदायिक बहुउद्देश्यीय सहकारीद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ लाख १ हजार योगदान


सुनसरी । बराहक्षेत्र नगरपालिका–२, चतरा, सुनसरीमा रहेको चतरा  सामुदायिक  बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी उद्धार कोषमा योगदान गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत भोटेकोशी बाढीपीडितहरूको राहत तथा सहयोगका लागि  १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

संस्थाले याे दु:खद घडीमा बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । प्रभावित सम्पूर्ण परिवारप्रति संस्थाले ऐक्यबद्धता प्रकट गरेको छ ।संस्थाले  विगतका वर्षहरूमा हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गर्दै आइरहेका भए पनि  यस वर्ष भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षति र त्यसबाट प्रभावित परिवारहरूको पीडालाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जनाएको छ।  

विपद्को यस कठिन समयमा सबैको दु:खमा साथ र सहयोगको भावना कायम राख्दै, सम्पूर्ण दिदीबहिनी तथा सदस्यहरूमा हरितालिका तीजको शुभकामना व्यक्त गरेको छ ।