बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका थिए ।
समुदायमा आधारित तथा सदस्य केन्द्रित सहकारीका रूपमा क्रियाशील उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल अन्तर्गतको रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदातालाई संस्थाका तर्फबाट प्रशंसापत्र तथा मायाको चिनो स्वरूप आकर्षक टिसर्ट प्रदान गरिएको थियो।
मानवीय सेवासँग जोडिएको रक्तदान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै सामुदायिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने संस्थाले जनाएको छ।

नेपालपत्र संवाददाता