शुक्रबार, कार्तिक ७ गते २०८३

महाहर्षित साकोसको तेस्रो साधारण सभा, वित्तीय सुचाङ्क सन्तुलनमा राख्न सफल


भाद्र २७, २०८३ शनिबार
महाहर्षित साकोसको तेस्रो साधारण सभा,  वित्तीय सुचाङ्क सन्तुलनमा राख्न सफल

महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले तेस्रो साधारण सभा सम्पन्न गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुलुकमा सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले सामान्य तवरले साधारण सभा सम्पन्न गरेको हो ।  संस्थाका अध्यक्ष बाल कुमार बास्तोलाको सभापतित्वमा भएको सभाको संस्थाका सल्लाहकार प्रा.डा.भिमप्रसाद न्यौपाने र खडानन्द ढकालले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।  

सभामा शुभकाना मन्तव्य राख्दै सल्लाहकार न्यौपानेले संस्थाले तयार पारेको वार्षिक प्रतिवेदन बैंक तथा वित्तीय संस्थाको भन्द कम नरहेको बताए । उनले यो स्तरको डकुमेन्ट आफ्ना सदस्य माझ पस्कन सक्नुमा संस्थाका अध्यक्ष बास्तोलाको ठुलो योगदान रहेको चर्चा गरे । संस्थाको वार्षिक प्रतिवेदनले कामप्रतिको राम्रो दक्षता देखाएको भन्दै उनले संस्थाका  अध्यक्ष लगायत सञ्चालक समितिको खुलेर प्रशंसा गरे । प्रतिकुल परिस्थितिमा पनि संस्थाले आफ्नो कदम चालिराखेको र निरन्तर सफलता समेत मिल्दै गएको उनको भनाई छ । संस्थाको वित्तीय व्यवस्थापनमा शेयर पुँजी ,जगेडा कोष, बचत तथा ऋण लगानी गरी १० वटा पिलर रहेको र यी सबैलार्ई विश्लेषण गर्दा संस्था मजवुद रहेको सल्लाहकार न्यौपानेले जनाए । समग्र वित्तीय सुचाङ्कहरुले  बलियो र दिगो संस्थाको  बाटोमा महार्षित अघि बढेको उनले सभामा बताए  ।

DSC_6288.JPG

यस आर्थिक बर्षको लागि गुणस्तरीय ऋण लगानी, प्रभावकारी असुली, पारदर्शी व्यवस्थापन र संगठित सदस्यको थिमलाई लिएर अगाडी बढेकाले संस्थाको भविष्य  थप उज्जवल भएको उनले जनाए । विगतमा संस्थाले सामना गरेका चुनौतीबाट पाठ सिक्दै आगामी दिनका लागि लिएका लक्ष्य प्राप्तिमा संस्थालाई सफलताको शुभकामना व्यक्त गरे ।  सभामा अध्यक्ष बास्तोलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय  सरकारले जारी गरेका कतिकय नियम कानुनका साथै निर्देशनहरुले सहकारी क्षेत्रलाई  जटिलतातर्फ प्रवेश गराएको बताए । उनले सहकारी क्षेत्रमा थुप्रै चुनौती भए पनि सदस्यहरुको साथ, सहयोग र विश्वासका कारण संस्थालाई अगाडि बढाउन सकेको उल्लेख गरे । संस्थाप्रति सदस्यको आकर्षण बढेर गएको र शेयर पुँजी, बचत संकलन  तथा समग्र वित्तीय सुचाङ्क समेत क्रमशः वृद्धि हुँदै गएको अध्यक्ष बास्तोलाले सभामा जानकारी दिए ।

संस्थाको स्थायित्वका लागि संस्थागत पुँजी महत्वपूर्ण हुने भन्दै उनले जगेडा कोषलाई बृद्धि गर्दै जाने नीति लिएको सभामा उल्लेख गरे । संस्थासँग ऋण लगानी गर्न सक्ने क्षमता भए पनि सदस्यहरुबाट ऋणको माग नहुँदा तरलता रकम बढेर गएको सभामा उनले जानकारी दिए ।  प्रतिकुल अवस्थामा पनि संस्थाले बचतमा ब्याज दिन सक्नुका साथै सदस्यहरुले बचत फिर्ता मागेको बखतमा सहज रुपमा दिन सक्नु सबल पक्ष भएको उनले सुनाए ।  सहकारी मार्फत् राज्यलाई करमा योगदान गर्नुका साथै सदस्यहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्न सक्नु संस्थाको उपलब्धी भएको उनले  बताए  । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै पारदर्शी, जिम्मेवार र सदस्य केन्द्रीत सेवा प्रदान गर्दै आएको सभामा उनले जनाए ।

अध्यक्ष बास्तोलाले मुलुकको समग्र आर्थिक अवस्था,बजारमा देखिएको मन्दी,सदस्यहरुको आयस्रोतमा परेको प्रभाव,ऋण असुलीमा देखिएको चुनौती तथा वित्तीय क्षेत्रमा आएको परिवर्तनले सहकारी क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाए  । यस्तो परिस्थितिमा पनि संस्थाले सदस्यहरुको बचतको सुरक्षा,ऋण लगानीको गुणस्तर,ऋण असुली,तरलता व्यवस्थापन, संस्थागत सुशासन तथा सदस्य सेवा प्रवाहलाई प्राथमिकता राखेर अगाडि बढेको उनले सभामा जानकारी दिए । संस्थाले नमुनाको रुपमा गरेको सदस्य सन्तुष्टिको सर्वेक्षण अनुसार सन्तुष्टिको दर ९० प्रतिशत माथि रहेको र आगामी दिनमा पनि उनीहरुले दिएको सल्लाह सुझावलाई आत्मसात गर्दै सेवालाई थप प्रभावकारी बनाउने उनको भनाई छ । संस्थामा ८०३ जना आवद्ध रहेको र त्यसमध्ये ३५६ जनाले मात्र नियमति रुपमा मासिक बचत गर्ने गरेकाले सबै सदस्यलाई नियमित रुपमा मासिक बचत गर्न उनले आग्रह गरे ।  

आर्थिक बर्ष २०८२ \ ८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ६ करोड ६ लाख, जगेडा तथा अन्य कोष २ करोड ८२ लाख,बचत २९ करोड ५६ लाख, ऋण लगानी २४ करोड ६३ लाख गरी कुल सम्पत्ति ३९ करोड १० लाख पुगेको छ । संस्थाले यस आर्थिक बर्षमा बचत तथा ऋण लगानीमा वृद्धि गर्ने,उत्पादनशील क्षेत्रमा गुणस्तरीय ऋण लगानी गर्ने,ऋण असुली दरमा सुधार गर्ने,सदस्य सन्तुष्टि दरमा वृद्धि गर्ने,सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने र डिजिटल कारोबारमा वृद्धि गर्ने लगायतका योजना अघि सारेको छ । सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक विनोद पराजुलीले समितिको तर्फबाट प्रतिवेदन प्रस्ततु गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०२८ \ ८३ को वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०८३ \८४ को नीति तथा कार्यक्रम र वार्षिक बजेट, लेखा सुपरीवेक्षण समिति र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । सभामा सदस्यहरुको उल्लेख उपस्थिति रहेको थियो । सभामा सदस्यहरुले संस्थाले वित्तीय पारदर्शिता र संस्थागत सुशासन कायम गरेको भए पनि ऋण लगानी र असुलीमा भने ध्यान दिन सुझाव दिए । सभाको सञ्चालन सचिव हरिशरण सिवाकोटीले गरेका थिए ।  

DSC_6089.JPG