शुक्रबार, कार्तिक ७ गते २०८३

सिद्धार्थ साकोसद्वारा ५८ जना जेष्ठ सदस्यहलाई सगुन तथा पोषण वितरण


भाद्र २६, २०८३ शुक्रबार
सिद्धार्थ साकोसद्वारा ५८ जना जेष्ठ सदस्यहलाई  सगुन तथा पोषण  वितरण

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४, शंखधर चोकमा रहेको  सिद्धार्थ  बचत तथा ऋण सहकारी संस्थाले कुशे औंसी तथा बुबाको मुख हेर्ने पर्बको अवसरमा ज्येष्ठ पुरुष सदस्यहरुलाई सगुन तथा पोषण वितरण कार्यक्रम आयोजना गरेको छ । संस्थाले ५८ जना जेष्ठ सदस्यहरुलाई  सगुन तथा पोषण  वितरण गरेको थियो ।

संस्थाका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको  प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र  श्रेष्ठ रहेका थिए ।  प्रमुख  अतिथि श्रेष्ठले सहकारीहरुमा पछिल्लो समय धेरै किसिमका समस्याहरु आएपनि सिद्धार्थ साकोस भने समुदायमा आधारित अब्बल साकोस  भएको बताए  । उनले संस्थाले  सहकारीको मूल्य, मान्यता अनुसार काम गरेको  र ज्येष्ठ सदस्यहरुलाई पनि उचित सम्मान गरेकोमा खुशी व्यक्त गरे ।

ज्येष्ठ नागरिकहरुले पछिल्लो समय पारिवारिक रुपमा साथ सहयोग नपाइरहेको र एक्लो जीवन बिताइरहनुपरेको अवस्थामा संस्थाले उहाँहरुको परिवार सरहल भएको भन्दै प्रशंसा उनले प्रशंसा गरे । साथै उनले  नगरपालिकामार्फत ज्येष्ठ सदस्यहरुलाई नगरपालिकाका अस्पतालमा  निशुल्क उपचारको ब्यवस्था मिलाइएको जानकारी गराउँदै प्रत्येक  वडामा मासिक २ पटक  निशुल्क जाँच गर्ने ब्यबस्था गरेको जानकारी दिए । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा चाणक्य  कलेजका अध्यक्ष  चन्दन  कृष्ण श्रेष्ठको सहभागिता  रहेकोे  थियोे ।

803926290_4253307538135748_1350271080215959178_n.jpg

 अध्यक्ष श्रेष्ठले संस्थाको संख्यात्मक सवलताका सूचक र विवरण प्रस्तुत गर्दै ज्येष्ठ सदस्यहरुकै आर्शिवादले संस्था निरन्तर प्रगतिपथमा अघि बढेको बताए । सदस्यहरुको बचतको संरक्षणका विषयमा कुनै चिन्ता नलिन र संस्थामा  ढुक्क भएर कारोबार  गर्न उनले आग्रह गरे ।  उनले सुरक्षित लगानी र उचित प्रतिफललाई आधार मानी संस्था सञ्चालन गरिएको जानकारी  दिए । संस्था स्थानीयहरुद्वारा प्रवर्धित भएकाले बचतको सुरक्षाको विषमा कुनै चिन्ता नलिन आग्रह समेत गरे । कार्यक्रम शिक्षा उपसमितिका संयोजक   तुल्सी राम श्रेष्ठले  संचालन गरेका थिए भने  उपाध्यक्ष   इन्द्र कृष्ण  श्रेष्ठले  स्वागत मन्तव्य राखेका थिए ।