शुक्रबार, कार्तिक ७ गते २०८३

अन्नपूर्ण बहुमुखी सहकारीको २९औँ साधारण सभा, उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने


भाद्र २६, २०८३ शुक्रबार
अन्नपूर्ण बहुमुखी सहकारीको २९औँ  साधारण सभा, उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने

भक्तपुरको मध्यपुर थिमि –३, गठ्ठाघरमा रहेको अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको २९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  श्याम सुन्दर वस्नेतको अध्यक्षतामा सम्पन्न भएको सभामा ६९ प्रतिशत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । सभामा प्रमुख अतिथिका रूपमा वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता कृष्णहरि आचार्य, विशेष अतिथिका रूपमा वडा नं. २ का अध्यक्ष प्रदीप कार्की तथा अतिथिका रूपमा संस्थाका पूर्वअध्यक्ष मुकुन्दप्रसाद दाहाललगायतको उपस्थिति रहेको थियो।

सभामा अध्यक्ष बस्नेतले  यस आर्थिक बर्षमा पनि सस्थाले वजारको सम्वेदनशिलता, शेयर सदस्यहरुको आवश्यकता र राज्यको नीति अनुरुप जोखिम न्युनीकरणलाई प्राथमिता दिइएको उनले सभामा बताए ।  जस अनुसार संस्थाले कर्जा अशुलीको प्रभावकारीता वृद्धि, शेयरपूँजी वृद्धिमा कम प्रोत्साहन र खर्चमा कटौति जस्ता विधी अवलम्बन गरिएको उनको भनाई छ। संख्यात्मक भन्दा गुणात्मक भन्ने मर्मलाई आत्मसाथ गर्दा अधिकांश सुचकहरु स्वाभाविक रुपमा वृद्धि हुदै  गएको र  हाल   संस्थामा ४ हजार २७४ सदस्यहरु आवद्ध रहेकोे उनको भनाई छ ।

 सस्थाको मुख्य कार्यालय समेतको ६ वटा सेवा केन्द्रहरुमा १५ जना कर्मचारीमा सदस्यलाई सेवा प्रदान गर्दै आएको  सस्थाको कार्यक्षेत्र भक्तपुर जिल्ला , काठमाण्डौ महानगरपालिका  , कागेश्वरी मनोहरा नगरपालिका, बुढानिलकण्ठ न.पा.वडा नं. १०, ११, १२ र गोकर्णेश्वर नगरपालिका वडा नं. ५, ६, ७, ८२९ र काभ्रेपलान्चोक जिल्ला पुरै रहेको छ।  संस्थाको ध्येय स्वस्थ्य, चुश्त समुदायमैत्री सस्था वनाउनु  रहेको र नियमनकारी निकायहरुको निर्देशन पालना गर्दै नेतृत्व र व्यवस्थापनको सामुहिक प्रयत्नबाट सेयर सदस्यहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्नु भएको उनको भनाई छ। आ.व.०८२/०८३ मा सस्थाको थप प्रगतिका लागि निरन्तर रूपमा विभिन्न प्रयासहरु गरिएको र  पहिला प्राथमिकता ऋण असुलीमा केन्द्रित  भएको उनले सभामा उल्लेख गरे। 

798274637_1767517121228268_1998213056681044465_n.jpg

सदस्यहरुको माग र आवश्यकतालाई हेरेर विभिन्न उमेर समुह लक्षित गरि सदस्य केन्द्रित कार्यक्रमहरु गरेको र  बजारको माग अनुसार बचत तथा ऋणका व्याजदर कायम गर्न  संस्था सफल भएको उनले सभामा जनाए ।  संस्थामा    अहिले तरलता क्रमश बढ्‌दै गईरहेको  र अब गुणस्तरीय कर्जा लगानीतर्फ केन्द्रित हुनुपर्ने बेला आएको सभामा उनले बताए । संस्थाले उत्पादन तथा उद्यमका लागि सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने भएकाले  सदस्यहरुले सहुलिय ब्याजदरमा ऋण लिँई व्यवसाय गर्न उनको आग्रह छ ।

 संस्थाले निस्कृय ऋण असुलीका लागि कानूनले दिएका सम्पूर्ण मार्गहरु अवलम्बन  गर्ने र नियतवश ऋण नतिर्ने ऋणीहरुको धितो लिलामीदेखि मुद्दा दर्ता गरी असुली कारवाही अघि बढाइने उनले सभा प्रष्ट पारे । ऋण प्रवाह गर्दा कानूनको पालना र असुलीको सुनिश्चितता निश्चित गरिने भन्दै उनले  ‘ठूलो बन्ने लहड त्यागेर स्वस्थ बन्ने अभियान’  लिएको उनले प्रष्ट पारे । 

संस्थाका सचिव राजन प्रसाद पराजुलीले सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गत आ.व. मा भएका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । संस्थाले यस आर्थिक बर्षमा उत्पादन तथा स्वरोजगार बनाउने क्षेत्रमा ऋण लगानी गर्ने,सदस्यलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने,प्रविधिमैत्री सेवमार्फत् गुणस्तरीय सेवा प्रदान गर्ने र वित्तीय साक्षरता,सहकारी शिक्षा शिविर तथा सबै उमेर समुहका सदस्यहरुलाई समेटने गरी विभिन्न कर्यक्रम सञ्चालन गरिने उनले सभामा जानकारी दिए ।  

सभामा कोषाध्यक्ष मिरा कुमारी भट्टराईले गत आर्थिक बर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी ८ करोड ७३ लाख,बचत संकलन ६० करोड ७० लाख, ऋण लगानी ५४ करोड ५७ लाख र जगेडा कोषमा ४ करोड १४ लाख गरी कुल सम्पत्ति ७७ करोड ३३ लाख पुगेको सभामा जानकारी दिइन् । 

799171586_1767516997894947_4837276021777593659_n.jpg