शुक्रबार, कार्तिक ७ गते २०८३

प्रयास साकोसद्वारा रसुवा बाढीपीडितलाई ७५ हजार सहयोग


भाद्र २५, २०८३ बिहीबार
प्रयास साकोसद्वारा रसुवा बाढीपीडितलाई ७५ हजार सहयोग

 

चितवन । चितवनको भरतपुर नगरपालिका २१, पार्वतीपुरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि ७५ हजार रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका तटीय क्षेत्रमा भएको क्षतिको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

विपद्को समयमा पीडितलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत रकम प्रदान गरिएको संस्थाले जनाएको छ। संस्थाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।