शुक्रबार, कार्तिक ७ गते २०८३

पालनपोषण साकोसका कर्मचारीद्वारा रसुवा बाढीपीडितका लागि रकम प्रदान


भाद्र २५, २०८३ बिहीबार
पालनपोषण साकोसका कर्मचारीद्वारा रसुवा बाढीपीडितका लागि रकम प्रदान

 

पालनपोषण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण कर्मचारीले रसुवा बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो तलबको १० प्रतिशत रकम सहयोग गरेका छन्। बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूले १६ हजार २ रूपैया दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। 

मानवीय विपत्तिमा सहयोग गर्ने उद्देश्यले गरिएको यस कार्यमा साथ दिने सम्पूर्ण कर्मचारीप्रति संस्थाले सम्मान व्यक्त गरेको छ। यस अघि पनि संस्थाको तर्फबाट राहत तथा पुनःस्थापनाका लागि १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएकाे थियो ।