शुक्रबार, कार्तिक ७ गते २०८३

जय श्रीराम सहकारीको सहयोग बाढी प्रभावितलाई


भाद्र २४, २०८३ बुधबार
जय श्रीराम सहकारीको सहयोग बाढी प्रभावितलाई


लालबन्दी १ नवलपुरमा रहेको जय श्रीराम बचत तथा ऋण सहकारी संस्थाले रसुवा बाढी प्रभावितहरुको उद्धार तथा पुनःस्थापनाको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीका कारण मानवीय तथा भौतिक क्षतिको भएको भन्दै संस्थाको तर्फबाट सानो आर्थिक सहयोग गरेको जनाएको  छ । संस्थाले प्रधानमन्त्री दैवी उद्धार कोषमा ११ हजार १५५ सहयोग गरेको हो ।

बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुनस्स्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने अपेक्षा पनि संस्थाले गरेको छ। सहकारीले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।