शुक्रबार, कार्तिक ७ गते २०८३

हाम्रो चित्रवन साकोसद्धारा प्रधानमन्त्री उद्धार कोषमा आर्थिक सहयोग


भाद्र २४, २०८३ बुधबार
हाम्रो चित्रवन साकोसद्धारा प्रधानमन्त्री उद्धार कोषमा आर्थिक सहयोग


  भरतपुर- ११  चितवनमा रहेको हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी उद्धार कोषमा  आर्थिक  सहयोग गरेको छ । 

विपदको यस घडीमा सरकारको उद्वार तथा राहत अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाबाट ५५ हजार ५५५ र  कर्मचारीहरुबाट ५० हजार १०५ गरी १ लाख ५ हजार ६६० रुपैयाँ  प्रधानमन्त्री  उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ । साथै, यस कठिन परिस्थितीमा एक अर्काको साथ, सहयोग र सहकार्यका साथ अघि बढ्‌न सबैमा  संस्थाले अनुरोध  गरेको छ । यस दुःखद घडीमा संस्था, प्रभावित  सबैको साथमा रहेको जनाएको छ । 

 गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न भएको प्राकृ‌तिक विपतिबाट रसुवा , नुवाकोट धादिङ, चितवन लगायत जिल्लाहरुमा हुन गएको ठूलो जनधनको क्षतिप्रति  संस्थाले गहिरो दुःख व्यक्त गरेको छ  । यस संकटको घडीमा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरूप्रति संस्थाले समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्क विहिन तथा बेपता हनुभएका व्यक्तिहरु सिघ्र सकुसल फेला परुन अनि इश्वरसंग प्रार्थना समेत गरेको छ।