चन्द्रपुर न.पा. १ रौतहटमा रहेको उनतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढी प्रभावितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितहरुको उद्धार तथा पुन:स्थापनाको लागि आर्थिक सहयोग गरेको हो ।
संस्थाले प्रधानमन्त्री दैवी उद्धार कोषमा १० हजार ५५५ रुपैयाँ सहयोग गरेको जनाएको छ । भोटेकोशी बाढीका कारण मुलुकका कतिपय जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको र संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सानो रुकम योगदान गरेको जनाएको छ ।
बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुनस्स्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने अपेक्षा संस्थाले गरेको छ। संस्थाले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।
नेपालपत्र संवाददाता