आइतबार, आश्विन १८ गते २०८३

मनकामना साकोस भरतपुरद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ लाख ११ हजार १११ योगदान


भाद्र २३, २०८३ मंगलबार
मनकामना साकोस भरतपुरद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ लाख ११ हजार १११ योगदान


भरतपुर–२३, जगतपुरमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितहरुको उद्धार तथा पुन:स्थापनाको लागि आर्थिक सहयोग गरेको हो ।

संस्थाले   रसुवा बाढी प्रभावितको उद्दार तथा राहतको लागि प्रधानमन्त्री  दैवी  उद्धार कोषमा  १ लाख ११ हजार १११ रुपैयाँ योगदान गरेको छ । संस्थाले  देशलाई दुख्दा मल्हम लगाउने सानो प्रयास स्वरुप उक्त रकम योगदान गरेको जनाएको छ । बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुनस्स्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने अपेक्षा  संस्थाले गरेको छ।

संस्थाले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।