लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाको महिला उप–समितिको आयोजनामा एक दिने दुबोको माला बनाउने तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा सम्पन्न भएको तालिममा बोल्दै संस्थाबाट महिला सदस्यहरुलाई लक्षित गरी समय समयमा विभिन्न तालिमहरुको आयोजना गर्दै आएको बताए ।
संस्थाबाट स्थापना कालदेखि सदस्यहरुलाई सक्षम बनाउन विभिन्न सिपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रमहरु संचालन गर्दै आएको उनले जानकारी दिए । कुनै पनि तालिम लिइसके पछि उक्त तालिममा सिकेको सीपलाई सहि सदुपयोग गरी व्यवसायीक रुपमा अगाडी बढ्न सकेमा आर्थिक रुपमा सक्षम हुन सक्ने उनको धारणा छ ।
उक्त तालिमका प्रशिक्षक गीता बाटीले हामीले आफुले सिकेको सिपलाई आफ्नो साथीहरु, परिवारका सदस्यहरुमा सिकाउदै जानुपर्ने यसले सिप विकासमा मद्दत पुग्ने बताइन् । उपसमितिका संयोजक सरिता खुसुको सभापतित्वमा भएको उक्त तालिममा संस्थाका ८ जना महिला सदस्यहरुको सहभागीता रहेको थियो
नेपालपत्र संवाददाता