हेटौंडा – २ संगम चोक, मकवानपुरमा रहेको साईराम बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो मात्रामा मानविय र भौतिक क्षति पुगेको भन्दै त्यसको उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्याउने उदेश्यका साथ आर्थिक सहयोग गरेको हो ।
संस्थाको सञ्चालक, लेखा सुपरीवेक्षण र ऋण समितिबाट १६ हजार,कर्मचारीबाट ८ हजार ३२८,सदस्यबाट ५९ हजार ४७५ र संस्थाको कोषबाट २१ हजार १९७ गरी १ लाख ५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा योगदान गर्ने निर्णय गरेको छ । विपद्को अवस्थामा सबैलाई सकेको योगदान गर्न समेत संस्थाले आव्हान गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुनस्स्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने अपेक्षा पनि संस्थाले गरेको छ। सहकारीले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।
.ग
नेपालपत्र संवाददाता