शुक्रबार, कार्तिक ७ गते २०८३

मंगलपुर साकोसद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ योगदान


भाद्र २१, २०८३ आइतबार
मंगलपुर साकोसद्वारा प्रधानमन्त्री   उद्धार  कोषमा १ लाख ११ हजार १११ रुपैयाँ योगदान

भरतपुर महानगरपालिका चितवनमा मुख्य कार्यालय रहेको मंगलपुर बचत तथा ऋण सहकारी संस्थाले बाढी पहिरोबाट प्रभावितहरुको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जनधनको ठुलो क्षति पुगेको भन्दै त्यसको उद्धार र पुन:स्थापनाको लागि सघाउने उदेश्यका साथ आर्थिक सहयोग गरेको जनाएको छ ।

संस्थाले प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ योगदान गरेको हो ।  सहकारी संस्था,कर्मचारी र सञ्चलाक समितिबाट सयुक्त रुपमा जम्मा भएको उक्त रुकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ । त्यसका साथै संस्थामा आवद्ध सदस्यहरुलाई समेत प्रधानमन्त्री उद्धार कोषमा सकेको रकम योगदान गर्न अनुरोध गरेको छ । संस्थाले विपद्को कठिन घडीमा प्रभावित परिवारलाई साथ दिनु आफ्नो मानवीय तथा सामाजिक दायित्व भएको जनाएको छ।

बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुन:स्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने अपेक्षा पनि संस्थाले गरेको छ। सहकारीले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।