शुक्रबार, कार्तिक ७ गते २०८३

प्रभात दिदीबहिनी साकोसद्वारा उद्धार तथा पुन:स्थापनाको लागि ५१ हजार सहयोग


भाद्र २१, २०८३ आइतबार
प्रभात दिदीबहिनी साकोसद्वारा उद्धार तथा पुन:स्थापनाको लागि ५१ हजार सहयोग

 भरतपुर – १२ मालपोत चोक, चितवनमा मुख्य कार्यालय रहेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले उद्धार तथा  पुन:स्थापनाको लागि आर्थिक योगदान गरेको छ । संस्थाले भाद्र  १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावित भएकाहरु उद्धार तथा राहतको लागि ५१ हजार ४११ रुपैयाँ योगदान गरेको .हो ।

संस्थाकी अध्यक्ष  साधना श्रेष्ठ पोखरेलले  सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति,सल्लाहकार,उपसमिति र कर्मचारीहरुको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैबी उद्धार राहत कोषमा  जम्मा गरिएको बताइन् । बाढीबाट प्रभावित परिवारहरुको उद्धार तथा पनु:स्थापनाको लागि संस्थाले सहयोग गरेको अध्यक्ष श्रेष्ठले जनाइन् ।  बाढीका कारण रसुवा, नुवाकोट,धादिङ लगायतका जिल्लामा अकल्पनिय मानविय तथा भौतिक क्षति भएको प्रति संस्थाले दु:ख व्यक्त गरेको छ ।