शुक्रबार, कार्तिक ७ गते २०८३

नमुना प्रगति सहकारीद्वारा प्रधानमन्त्री उद्धार कोषमा ८२ हजार सहयोग


भाद्र २१, २०८३ आइतबार
नमुना प्रगति सहकारीद्वारा प्रधानमन्त्री उद्धार कोषमा  ८२ हजार सहयोग


हेटौंटा –२ मकवानपुरमा रहको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । संस्थाले रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढीले जनधनको क्षति भएकाहरुको उद्धार तथा राहतको लागि रकम जम्मा गरेको जनाएको छ ।

संस्थाका व्यवस्थापक बद्री प्रसाद भण्डारीेले उद्धार कोषमा ८२ हजार १३० रुपैयाँ योगदान गरेको बताए । संस्थाका प्रति सदस्यबाट २० रुपैयाँ गरी ५३ हजार ६२०,कर्मचारीको २ दिनको तलब बापत १४ हजार ९१० र सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको १ बैठक भत्ता बापतको १३ हजार ६०० सय गरी ८२ हजार १३०  रुपैयाँ प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उनको भनाई छ ।

यस विपद कार्यमा  थोरै भए पनि सहयोग पुर्‍याउने उदेश्यले साकोस परिवारको तर्फबाट रकम जम्मा गरिएको उनले जनाए । संस्थाले बाढी पहिरोमा परि मृत्युहुुनुहर्ने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ भने घाइतेहरुको खोजतलास र शिघ्र स्वास्थ लाभको कामना समेत गरेको छ । 

94cac313-b4b2-4b1a-b346-9416c6e94363.jpeg