जिल्ला सहकारी संघ काभ्रेले विनाशकारी बाढीले प्रभावित परिवारको राहत तथा उद्धारका लागि १ लाख ५९ हजार ५ सय सहयोग गरेको छ ।
संचालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा संघको संयुक्त योगदानबाट १ लाख ५९ हजार ५ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको अध्यक्ष अमन पोटे श्रेष्ठले जानकारी दिए । यस विपद्को समयमा प्रभावित परिवार तथा समुदायको उद्धार, राहत तया पुनर्स्थापनामा सहयोग पुन्याउनु सम्पूर्ण सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्व समेत भएकाले सञ्चालक समितिको निर्णयानुसार उद्धार कोषमा रकम जम्मा गरेको उनको भनाई छ । त्यसैगरी, जिल्लास्थित सम्पूर्ण सहकारी ,संघसंस्थाहरूलाई आफ्नो आर्थिक क्षमता तया सामर्थ्य अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न समेत उनले अपिल गरेका छन् ।
सहकारी क्षेत्रको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै विपद्मा परेका नागरिकहरूको पीडामा वा आफ्नो संस्थाको तर्फवाट सक्दो सहयोग गरी यस मानवीय कार्यमा सहभागी भइदिनुहुन सम्पूर्ण सहकारी संघ संस्थाहरूमा संघले हार्दिक अपिल गरेको छ । यन मानवीय कार्यमा सहयोग, सद्भाव र सहभागिताले विषद् प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा अकस्मात् आए बाढीका कारण भएको मानवीय क्षति, धनजनको अकल्पनीय नोक्सानी, भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपालपत्र संवाददाता