बर्दिवासमा रहेको एकिकृत बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार तथा पुनःस्थापनाको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।
सानो सहयोगले पीडितहरुको घाउमा मलम पुग्ने विश्वासका साथ संस्थाले उद्धार कोषमा रकम सहयोग गरेको हो । सरकारले राहत तथा उद्धारका लागि गरेको सहयोग आव्हानलाई आत्मसाथ गर्दै विपद्का कारण प्रभावित नागरिकहरुको राहत उद्धार तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उदेश्यका साथ उक्त र सहयोग गरेको संस्थाले जनाएको छ ।
साथै संस्थाले यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा लगायतका प्रभावित क्षेत्रमा अकल्पनीय भौतिक तथा मानवीय क्षति भएकोप्रति संस्थाले गहिरो दुःख व्यक्त समेत गरेको छ ।
नेपालपत्र संवाददाता