शुक्रबार, कार्तिक ७ गते २०८३

बाढी पीडितलाई ज्योति मिर्मिरे सामुहिक साकोसको सहयोग


भाद्र १७, २०८३ बुधबार
बाढी पीडितलाई ज्योति मिर्मिरे सामुहिक साकोसको सहयोग

 काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाले रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि कोषमा सहयोग गरेको छ । संस्थाले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको  छ । सहकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दा उद्धार, तथा पुनःस्थापनामा थोरै भएपनि सहयोग पुग्ने  विश्वास संस्थाको  छ।  

विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताए । संस्थाले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी, संस्थाले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामथ्र्यअनुसार राहत कोषमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।