शुक्रबार, कार्तिक ७ गते २०८३

बाढी प्रभावितको राहत तथा उद्धारका लागि शुभकामना साकोसको १ लाख २५ हजार सहयोग


भाद्र १७, २०८३ बुधबार
बाढी प्रभावितको राहत तथा उद्धारका लागि शुभकामना साकोसको १ लाख २५ हजार सहयोग

शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार  कोषमा १ लाख २५ हजार  एक रुपैयाँ सहयोग गरेको हो ।  

सरकारले राहत तथा उद्धारका लागि गरेको सहयोग आव्हानलाई आत्मसाथ गर्दै   विपद्का कारण प्रभावित नागरिकहरुको राहत उद्धार तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उदेश्यका साथ उक्त र सहयोग गरेको अध्यक्ष राम प्रसाद कासुलाले बताए ।  कोषमा सहकारीका सदस्य, संचालक समिति तथा विभिन्न उपसमिति र कर्मचारीहरुको तर्फबाट  एक लाख पच्चीस हजार एक
रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय  गरिएको उनको भनाई छ ।

साथै संस्थाले यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना  गरेको छ । गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा  लगायतका प्रभावित क्षेत्रमा अकल्पनीय भौतिक तथा मानवीय क्षति भएकोप्रति संस्थाले  गहिरो दुःख व्यक्त समेत गरेको छ ।