दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले संस्थाको भावी नेतृत्वलाई सक्षम, जिम्मेवार र दूरदर्शी बनाउने उद्देश्यले भावी सञ्चालकहरूको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष भूमिराज खड्काको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समिति, संस्थाका सल्लाहकार समिति, विभिन्न उप समिति तथा अन्य भावी नेत्तृत्वका लागि आकाङक्षी गरी कुल ९६ जना सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रशिक्षक बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले भावी सञ्चालकहरूलाई नेतृत्व विकास, सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त, सञ्चालकको भूमिका र जिम्मेवारी, संस्थागत सुशासन, प्रभावकारी निर्णय क्षमता तथा नेतृत्व कौशलका विषयमा प्रशिक्षण गरेका थिए ।
प्रशिक्षणका क्रममा सक्षम नेतृत्वले संस्थाको दीगो विकास, सुशासन र सदस्यहरूको विश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइएको थियो । सहभागीहरूलाई संस्थाको उद्देश्य, नीति तथा विधिलाई आत्मसात गर्दै पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित नेतृत्व प्रदान गर्न आवश्यक ज्ञान तथा सीप विकासमा केन्द्रित गराइएको थियो । कार्यक्रममा सहभागी भावी सञ्चालकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै संस्थाको आगामी नेतृत्वलाई अझ प्रभावकारी, जवाफदेही र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालपत्र संवाददाता