शुक्रबार, कार्तिक ७ गते २०८३

जनसचेतन साकोसद्धारा रसुवाका बाढीपीडितको लागि २ लाख ५५ हजार सहयोग


भाद्र १५, २०८३ सोमबार
जनसचेतन साकोसद्धारा रसुवाका बाढीपीडितको लागि २ लाख ५५ हजार सहयोग

दोलखाको वैतेश्वर गाउँपालिका ५, काब्रेमा मुख्य कार्यालय  जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले रसुवाका बाढीपीडितहरुको सहयोगका लागि २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ योगदान गरेको छ ।  

उद्दार, राहत र पुनर्स्थापनाको लागि  उक्त रकम  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । संस्थाको सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको एक दिनको बैठक भत्ता, कर्मचारीको दुई दिनको तलब र संस्थाको थप रकमबाट सहयोग जुटाइएको  संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले जानकारी दिए  । संस्थाले उक्त रकम  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा  जम्मा  गरिसेकेको उनको भनाई छ ।

संस्थाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको शीघ्र खोजी र घाइतेको स्वास्थ्यलाभको समेत कामना गरेको छ। साथै, विपद्को समयमा सबैलाई  जे जसरी सकिन्छ , सोही अनुसार जोडिन आग्रह गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतमा समेत विभिन्न समयमा सहयोग गर्दै आएको छ । सदस्य र समुदाय केन्द्रीत उक्त संस्थाले सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । 

e6560d41-63b2-462b-866a-9508fc70ba62.jpg