शुक्रबार, कार्तिक ७ गते २०८३

बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग


भाद्र १५, २०८३ सोमबार
बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा  २ करोड २५ लाख सहयोग

 सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड २५ लाख  सहयोग गर्ने निर्णय गरेको छ । गत भाद १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा  पुनस्थापनाको लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । 

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।