सुर्खेतको वीरेन्द्रनगरमा रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले १ लाख १ हजार १०० रुपैयाँ सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलले यस विषम परिस्थितिमा प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनामा सहयोग गर्नु हाम्रो साझा सामाजिक उत्तरदायित्व भएको बताए ।
हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा नुवाकोट, धादिङ, गोर्खा लगायतका जिल्लाहरुमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति संस्थाले गहिरो दुःख समेत व्यक्त गरेको छ । संस्थाले यस प्राकृतिक विपदमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकहरुको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार तथा आवश्यक राहत प्राप्तिको कामना समेत संस्थाले गरेको छ ।
संस्थाले सदैव सदस्य तथा समुदायको सुख दुःसमा साथ दिदै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको र आगामी दिनहरुमा समेत आवश्यक सहयोग, सहकार्य तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।
नेपालपत्र संवाददाता