शुक्रबार, कार्तिक ७ गते २०८३

आइडियल साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार सहयोग


भाद्र १५, २०८३ सोमबार
आइडियल साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार सहयोग

 
 राजविराज ४ सप्तरीमा मुख्य कार्यालय रहेको आइडियल बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा रकम योगदान गरेको छ । संस्थाले उक्त कोषमा १ लाख ११ हजार १११ रुपैयाँ  जम्मा गरेको हो ।

गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट लगायतका  अन्य जिल्लामा पुर्याएको क्षतिलाई मध्यनजर गरी  केही योगदान पुगोस भन्ने उदेश्यका साथ संस्थाले कोषमा रकम जम्मा  हो । अध्यक्ष गणेश कुमार साहले  प्राकृतिक विपद्बबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम जम्मा गरेको बताए ।

विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो सहयोग सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको एउटा उदाहरण  भएको उनले जनाए । उनले भने  “सहकारी संस्था आर्थिक कारोबार गर्ने संस्था मात्र होइन, समुदायको सुख–दुःखमा साथ दिने सामाजिक संस्था पनि हो। विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा हाम्रो सानो सहयोगले पनि सकारात्मक योगदान पुगोस् भन्ने उद्देश्यले यो सहयोग गरेका हौँ।”

त्यसैगरी, व्यवस्थापक  विनोद कुमार सफीले  विपद्को समयमा सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक पर्ने भन्दै संस्थाले सकेको सहयोग गरेको बताए । उनले  आगामी दिनमा पनि सदस्य, समुदाय र समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न निरन्तर सक्रिय रहने जनाए ।