शुक्रबार, कार्तिक ७ गते २०८३

गाम्चा साकोसद्धारा प्रधानमन्त्री राहत कोषमा सहयोग


भाद्र १५, २०८३ सोमबार
गाम्चा साकोसद्धारा प्रधानमन्त्री राहत कोषमा सहयोग

 भक्तपुरमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले  प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । संस्थाले  प्रधानमन्त्री राहत कोषमा ६९ हजार सहयोग गरेको जनाएको छ ।

 संस्थाका संचालक समिति, उपसमिति तथा कर्मचारी गरी २७ जनाले कोषमा  रकम सहयोग गरेका हुन् । मुलुकमा आएका्े प्राकृतिक विपतिमा केही मात्रामा भए पनि सहयोग पुगोस् भन्ने उदेश्यले  प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा  गरेको संस्थाका अध्यक्ष विकास खड्काले बताए ।

 रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा पुर्याएको अकल्पनिय क्षतिले दुःखद घडीमा पर्नुभएका सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना संस्थाले गरेको छ ।  संस्थाले बाढीमा परी दिवंगत हुनुभएका मृतात्माहरुमा चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त  गरेको  छ। 

c0749a3e-5b37-4396-8655-2d7d6e32658f.jpg